दफा २०
वारिस मुकरर गर्न पाउने
यस ऐन बमोजिम आफूले गर्नुपर्ने कुनै काम कारवाई गर्नको निमित्त कुनै व्यक्तिले आफ्नो वारिस वा कानून व्यवसायी मुकरर गर्न सक्नेछ र सो वारिस वा कानून व्यवसायीद्वारा भएको सबै काम कारवाई निजले नै गरेको मानिनेछ ।